Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्यान्सर पीडित थपलियालाई आर्थिक सहयोग – Gaule Khabar

क्यान्सर पीडित थपलियालाई आर्थिक सहयोग

क्यान्सर पीडित थपलियालाई आर्थिक सहयोग

काठमाडौँ, मंसिर २९ –

विगत लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियालाई राष्ट्रिय पर्यटन पत्रकार सङ्घ ९नाटोज० ले रु ४६ हजार सहयोग सहित सम्मान गरेको छ ।

गोरखा पर्यटनका संस्थापक अध्यक्ष समेत रहनुभएका थपलियाको स्वास्थ्यलाभको कामनासहित सो सम्मान गरिएको हो । उहाँको मुखकोे क्यान्सरको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएपछि उपचार गराइराख्नु परेको परिवारले जनाएको छ ।

शिक्षण अस्पतालको सघन उपचार कक्ष ९आइसियु०मा उपचारार्थ थपलियालाई आज अस्पताल पुगी नाटोजको टोलीले सहयोग रहकम हस्तन्तरण गरेको थियो ।
नाटोजले पर्यटन पत्रकारमा आइपर्ने समस्या निराकरण गर्न विगतमा पनि सहयोग गर्दै आएको र सोहीबमोजिम थपलियाको उपचारमा सहयोग रकम प्रदान गरिएको अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।

पर्यटन पत्रकारितामा तीन दशकदेखि संलग्न ६८ वर्षीय थपलिया नौ बिगत महिनादेखि उपचाररत हुनुहुन्छ । सुरुमा मुखको क्यान्सरबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराउनुभएका थपलिया अहिले डेढ महिनादेखि शिक्षण अस्पतालमा हुनुहुन्छ ।

थपलिया १५ दिनदेखि बोल्न नसक्ने अवस्थामा रहनुभएको उहाँकी धर्मपत्नी गीता थपलियाले राससलाई जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका