Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माओवादी केन्द्र कुलेखानीका उपाध्यक्षसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश – Gaule Khabar

माओवादी केन्द्र कुलेखानीका उपाध्यक्षसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

माओवादी केन्द्र कुलेखानीका उपाध्यक्षसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

मकवानपुर, मंसिर २८ –

सत्तारुढ नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्ला कमिटीस्थित कुलेखानी गाउँ कमिटीका उपाध्यक्ष हरिकृष्ण पुडासैनी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

दर्जनौं माओवादी कार्यकर्तासहित पार्टी त्यागेर आएका आएका पुडासैनीलाई सोमबार नेताहरु जीवन लामा र सुभासचन्द्र ठकुरीले अबिर माला लगाई पार्टी प्रबेश गराए ।

uml-makwanpur-1

संबिधान कार्यान्वयनका लागि एमालेको चारमहिने जनपरिचालन अभियान अन्तर्गत पछिल्लो समय एमाले नेता कार्यकर्ता गाउँ गाउँ पुगेका छन् । यो अभियानले पार्टी प्रवेशको लहर चलेको नेकपा एमाले मकवानपुर क्षेत्र नं २ का उपाध्यक्ष एवम् अभियान टोली संयोजक जीवन लामाले जानकारी दिए ।

यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ९६ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

uml-makwanpur-2

तस्वीरः दामन पोष्ट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका