Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
न्यायाधीशको कार्यशाला गोष्ठी सौराहामा सुरु – Gaule Khabar

न्यायाधीशको कार्यशाला गोष्ठी सौराहामा सुरु

न्यायाधीशको कार्यशाला गोष्ठी सौराहामा सुरु

चितवन, मंसिर २८–

प्रधान न्यायाधीश सुशीला कार्कीले निर्दोष व्यक्ति नपर्ने गरी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ ।

चितवनको सौराहामा सोमबारदेखि सुरु भएको ‘फौजदारी न्याय प्रणालीमा नागरिकको प्रतिरक्षासम्बन्धी अधिकार’ विषयमा भएको न्यायाधीशहरुको दुईदिने कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै कार्कीले यस्तो बताउनुभएको हो ।

सोमबार साँझ कार्यक्रम उद्घाटनपछि मन्तव्य राख्नुहुँदै कार्कीले भन्नुभयो, “बरु १० जना दोषी छुटून्, तर एकजना पनि निर्दोष नपरून्, यसतर्फ न्यायाधीशले ध्यान पुर्याउनुपर्छ ।” उहाँले अपराध गरेको हो÷होइन भन्ने प्रमाणका आधारमा निर्दोष मान्छे नपरोस् भनी विचारविमर्श गरेर छानबिन गर्नसमेत न्यायाधीशलाई आग्रह गर्नुभयो । नारायणी अञ्चलका अदालतको स्थलगत भ्रमणका क्रममा प्रधानन्यायाधीश कार्की सोमबार चितवन आइपुग्नुभएको हो ।

दिउँसो बारका पदाधिकारी तथा जिल्ला अदालत चितवनको कार्यक्रममा सहभागी हुनुभएकी कार्की सोमबार साँझ सौराहामा न्यायाधीश समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुनुभएको हो । कार्यक्रममा सङ्क्षिप्त मन्तव्यका क्रममा कार्कीले नेपालमा अनुसन्धानको पाटो कमजोर भएको दाबी गर्नुहुँदै कहिलेकाहीँ न्यायाधीशहरु झुकावमा लागेको देखिएको जिकिर गर्नुभयो ।

उहाँले प्रमाण जुटाउन अझै पनि नेपालमा आधुनिकीकरण नभएको उल्लेख गर्नुहुँदै प्रहरी र सरकारी वकिलको अनुसन्धानसमेत फितलो रहेको दाबी गर्नुभयो । “फौजदारी अभियोग लागेर जो अदालत आउँछन्, उनीहरुको अधिकार संरक्षण हुनुपर्छ”, कार्कीले भन्नुभयो । न्यायाधीशको यो गोष्ठीले मार्गनिर्देश गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले नेपालमा प्रमाण सिस्टम नमिलेको बताउँदै न्यायाधीशले विभिन्न आरोप र दबाब झेल्न बाध्य भएको प्रस्ट्याउनुभयो । न्यायाधीश समाजका उपाध्यक्ष तथा सर्वोच्चका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौलाले न्यायालयमा बाह्य र आन्तरिक दबाब रहेको भन्दै न्यायाधीशमा अहिले मनोवैज्ञानिक त्रास रहेको तर्क गर्नुभयो ।

कार्यक्रममा मन्तव्य दिँदै सर्वोच्च अदालतका रजिस्ट्रार खिलकान्त पौडेलले यो छलफलले न्यायजगत् र न्यायका उपभोक्ताले फाइदा लिने बताउँदै विकसित नवीनतम अवधारणाका विषयमा न्यायाधीशले जानकारी लिने मौका मिलेको बताउनुभयो ।

उक्त कार्यक्रमका संयोजक अजयशङ्कर झाले संविधानले ग्यारेन्टी गरेको विषयमा न्यायाधीशबीच गम्भीर मन्थनका लागि यो कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो ।

आज सम्म सन्चालन हुने न्यायाधीशको कार्यशाला गोष्ठीमा मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी र रुपन्देहीमा रहेको उच्च अदालत र जिल्ला अदालतका ३६ जना न्यायाधीशको सहभागिता रहेको न्यायाधीश समाज नेपालका सचिव एवम् काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले जानकारी दिनुभयो ।

आज मोहनप्रकाश सिटौलाको नागरिकको प्रतिरक्षा र न्यायाधीस बाबुराम रेग्मीको मौन अधिकार विषयमा प्रस्तुत हुने कार्यपत्रमाथि छलफल हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका