Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रवासी थारु सेवा समाज मलेसीया गठन (नामावलीसहित) – Gaule Khabar

प्रवासी थारु सेवा समाज मलेसीया गठन (नामावलीसहित)

प्रवासी थारु सेवा समाज मलेसीया गठन (नामावलीसहित)

मलेसीया, मंसिर २७–

मलेसीयामा रहेका थारु युवाहरुले प्रवासी थारु सेवा समाज मलेसीया गठन गरेका छन् । आज (सोमबार) मलेसीयाको राजधानी क्वलालुम्पुरमा भएको भेलाले आरएन (घनश्याम) चौधरीको अध्यक्षतामा समाज गठन गरिएको हो । मलेसीयामा लामो समयदेखि थारु युवाहरु रोजगारीको शिलशिलामा रहेता पनि अहिले सम्म संस्था गठन हुन सकेको थिए । अध्यक्ष आरएनकै पहलमा समाज गठन गरिएको हो ।
समाजको उपाध्यक्षमा.तिलक थारु (नवलपरासी), कोषाध्यक्षमा .हरिश्याम चौधरी(बारा), सह–कोषाध्यक्षमा.चन्द्रनारायण चौधरी थारु (कन्चनपुर), महासचिवमा.दिपेश चौधरी (दाङ), सचिवमा मनिराम थारु (कपिलवस्तु), सह–सचिवमा.प्रजेश चौधरी (कपिलवस्तु) चयन भएका छन् ।

यस्तै संचार सचिव.भागवत चौधरी थारु (सप्तरी), राजकुमार चौधरी (रुपन्देही), अजय चौधरी (बारा) चयन भएका छन् ।
समाजका सदस्य सचिवमा भने.सुरेन्द्र चौधरी (सप्तरी) चयन हुनु भएको छ ।

m-tharu-2
यसैगरि समाजको सदस्यहरुमा चन्द्र बहादुर राजबँशि थारु (बर्दिया), अनिल चौधरी (नवलपरासी), भेषराज चौधरी (रुपन्देही), सुरेशराज चौधरी (बर्दिया), सुभास चौधरी (बारा), श्याम नारायण चौधरी (दाङ), राम चन्द्र चौधरी (कैलाली), मनोज चौधरी (बारा), उजर नारायण चौधरी (नवलपरासी), प्रमोद चौधरी (दाङ) र अर्जुन चौधरी (रौतहट) चयन हुनु भएको छ ।

भेलाले आजै संयोजक सल्लाहकार.रामप्रसाद बिश्वास थारु (मोरङ), धन बहादुर चौधरी (रुपनदेही) र वरिष्ठ सल्लाहकारमा.राजेश कुमार चौधरी(सुनसरी), जनक चौधरी (धनुषा) चयन गरेको छ ।

‘थारु युवाहरुमा एकताको निम्ति, थरुहट/थारुवान बिकासको निम्ति, थरुहट पहिचानको निम्ति’ भन्ने मुल नाराका साथ समाज गठन गरिएको अध्यक्ष आरएन चौधरीले जानकारी दिनुभयो । उहाँले आजको बैठकले थरुहट आन्दोलनको क्रममा टिकापुरको थारुहरु माथी झुठा मुद्दा लगाइ जेल हालेका २५ जना घर,परिवारको एक/एक जना छोरा/छोरीलाई १ वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय समेत गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका