पुतली घरकी पुष्पा- सीएनएन हिरोदेखि सुपर हिरोसम्म

पुतली घरकी पुष्पा- सीएनएन हिरोदेखि सुपर हिरोसम्म

काठमाडौं,मंसिर २७-

नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गरेको यस अवार्ड पुष्पाले जितेकी हुन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो।अवार्डसंगै वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा आवासीय सुविधासहित बालबालिकाका लागि ‘पुतली घर’ माफर्त शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो । केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम सुपर हिरोको मनोनयनमा परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ