Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चिसोका कारण सिरहाको जनजीवनन कष्टकर – Gaule Khabar

चिसोका कारण सिरहाको जनजीवनन कष्टकर

चिसोका कारण सिरहाको जनजीवनन कष्टकर

लहान, मंसिर २७–

मौसम परिवर्तन भई एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । अत्यधिक चिसोका कारण सिरहा जिल्ला अस्पतालसहित स्वास्थ्य संस्थामा दम, रुघाखोकी र निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् ।

चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ । यात्रु नपाई कतिपय यात्रुबाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताएका छन् ।

अर्कोतिर अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका