Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण – Gaule Khabar

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण

प्रधानन्याधीशद्वारा जिल्ला अदालतको निरीक्षण

बारा, मंसिर २६–

प्रधानन्यायाधीश सशुीला कार्कीले आज बारा जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले जनताको हक अधिकारका संरक्षण गर्न न्यायालय प्रतिबद्ध रहेको उल्लेख गर्दै जनतालाई सर्वसुलभ न्याय दिइनुपर्छ भन्नुभयो । उहाँले न्याय गर्दा हार्ने र जित्ने दुवैको चित्त बुझ्ने तरिकाबाट फैसला गर्नुपर्छ भन्नुभयो ।

सो अवसरमा न्यायाधीश रीतेन्द्र थापाले जिल्ला अदालतबाट भए÷गरेका काम बारे जानकारी दिनुभएको थियो । जिल्ला न्यायाधीश भोजराज शर्माको सभातित्वमा सम्पन्न कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेशवीरसिंह बस्नेत, सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले न्यायसम्बन्धी प्रकाश पार्नुभएको थियो ।

आजै प्रधानन्यायाधीश कार्कीले बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका