छानबिन समिति बनेपछि परिवारले शव बुझे

छानबिन समिति बनेपछि परिवारले शव बुझे

चितवन, मंसिर २६–

एक साताअघि उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शव परिवारले आज मात्रै बुझेका छन् ।

चितवन मेडिकल कलेजमा गत सोमबार प्रसूतिका लागि भर्ना भएकी भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि परिवार तथा आफन्तहरु चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।

स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा आज छानबिन समिति गठन गरेपछि परिवारजनले शव बुझेका हुन् ।

समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अच्युत पन्त, भरतपुर अस्पतालको प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकिशोर झा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ रहेका छन् ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने संयोजक सुवेदीले बताउनुभयो । परिवारको तर्फबाट वार्ता समितिमा रहनुभएका स्थानीय कान्तिनगर टोल विकास संस्थाका कावा अध्यक्ष केशव कार्कीले घटनाको सत्यतथ्य सार्वजनिक हुने आश्वासनसहित समिति बनेपछि शव बुझ्न परिवार राजी भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ