Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देउवा र ओलीबीच भेटघाट : संसदको गतिरोध अन्त्य गर्न एमाले सकारात्मक – Gaule Khabar

देउवा र ओलीबीच भेटघाट : संसदको गतिरोध अन्त्य गर्न एमाले सकारात्मक

देउवा र ओलीबीच भेटघाट : संसदको गतिरोध अन्त्य गर्न एमाले सकारात्मक

काठमाडौं,मंसिर २६-

संसदमा जारी गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ। आइतबार नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु लामो समय गतिरोध राख्ने पक्षमा नरहेको जानकारी गराएका हुन्। बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरु संसदमा लामो समय गतिरोध कायम राख्नु हुन्न भन्ने निश्कर्षमा पुगेको बताए।

जारी गतिरोध अन्त्यका विषयमा दुई नेताबीच छलफल भएको हो। गतिरोध सँधै कायम राख्न हुँदैन भन्नेमा हामी पुग्यौं, यो गतिरोध अन्त्यका लागि दल र दलका नेताहरुबीच फेरि संवादमा बस्ने कुरा भएको छु उनले भने। कांग्रेस सभापति शेरबहादुर देउवाले संसद खुलाउने विषयमा छलफल सकारात्मक रहेको बताए।

निर्वाचन र संसदमा जारी गतिरोधका विषयमा छलफल भयो। यो गतिरोध अन्त्तय गर्न सकारात्मक छलफल भएको छ। अब फेरि हामी छलफलमा बस्ने कुरा छु देउवाले भने। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र संसदीय दलका उपनेता नेम्वाङ सहभागी थिए। बैठकमा स्थानीय निकायको निर्वाचनको विषयमा पनि छलफल भएको थियो।

निर्वाचनका लागि आव्शयक पर्ने ऐन कानुन पारित गर्नुपर्ने भएकाले सहयोग गर्न एमालेलाई कांग्रेस सभापति देउवाले आग्रह गरेका थिए। जवाफमा एमाले अध्यक्ष ओलीले निर्वाचन सम्बन्धी कानुन पारित गर्न अवरोध नगर्ने बताएका थिए। छलफलमा निर्वाचनको विषयमा आवश्यक तयारी गर्न र ऐन कानुन पारित गर्ने विषयमा छलफल गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रको शीर्ष नेताको बैठक छिट्टै बस्ने सहमति पनि भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका