काभ्रेमा सुमो दुर्घटना, २ को मृत्यु

काभ्रेमा सुमो दुर्घटना, २ को मृत्यु

काभ्रे, मंसिर २६–

काभ्रेको भैसेपाटीमा टिपरले टाटासुमोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ५ यात्रु घाइते भएका छन्।
दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार विहान करिव ५ बजेको समयमा टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो।
बा ४ ख ३५५६ नम्बरको टिपरले मे १ ज २१९१ को जीपलाई ठक्कर दिएको हो। मृत्यु हुने यात्रुहरुको सनाखत हुन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिए।
घाइतेहरुको उपचारका निम्ति शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ।

तस्विरःपत्रकार मधुसुधन गुरागाई/फेसबुक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ