Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नौ करोडको लागतमा बन्ने मन्दिरको शिलान्यास – Gaule Khabar

नौ करोडको लागतमा बन्ने मन्दिरको शिलान्यास

नौ करोडको लागतमा बन्ने मन्दिरको शिलान्यास

चितवन, मंसिर २५–

नारायणगढको शेषलक्ष्मी नारायण मन्दिर परिसरमा बन्ने थप मन्दिरलगायतका संरचनाहरुको शनिबार शिलान्यास कार्यक्रम सकिएको छ । मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्य र श्री वैष्णव परीषद नेपालका अध्यक्ष देवराज आचार्य स्वामी महाराजले संयुक्तरुपमा सो संरचनाहरुको शिलान्यास गरेका हुन् ।
परिसरभित्र करिब नौ करोड रुपैयाँको लागतमा धार्मिक सभा हल, शिश महल, वृद्धाश्रम तथा मन्दिर निर्माण हुने छ । शिलान्यस कार्यक्रममा बोल्नै सासंद गीता वाग्लेले मन्दिर निर्माणमा सक्दो सहयोग गर्ने भनाइ राखिन । पुर्व सांसद कृष्णकुमारी श्रेष्ठ, समाजसेवी शैलेन्द्र पिया लगायतले पनि सो अवसरमा मन्तब्य राखेका थिए ।
स्वामी पद्यनाचार्यको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा निर्माण समितिका संयोजक चामुनारायण श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । सवैबाट सहयोग जुटाएर चाडोभन्दा चाडो निर्माण कार्य पुरा गर्ने महासचिव लालमणि पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका