Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा सवारी दुर्घटना बढ्यो , चार दिनमा पाँचकोे मृत्यु – Gaule Khabar

चितवनमा सवारी दुर्घटना बढ्यो , चार दिनमा पाँचकोे मृत्यु

चितवनमा सवारी दुर्घटना बढ्यो , चार दिनमा पाँचकोे मृत्यु

बिकास पौडेल
चितवन , मंसिर २४–
चितवनमा केही दिनयता सवारी दुर्घटना बढ्न थालेको छ । चितवनमा अहिले दैनिक जसो सवारी दुर्घटना हुन थालेको छ । पछिल्लो चार दिनमा चितवनमा ५ ठुला सवारी दुर्घटना भएका छन् जसमा ५ जनाले ज्यान गुमाएका छन् । चितवनको पनी पूर्वी चितवन क्षेत्रमा सवारी दुर्घटना बढेको देखिन्छ । चार दिनमा भएका पाँच दुर्घटना मध्य चार दुर्घटना पूर्वी चितवन क्षेत्रमा भएको छ भने एउटा भरतपुरमा भएको छ ।

पूर्वीचितवनको रत्ननगर ११ जयमंङगलामा सोमबार बिहान ना २ ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भयो । ट्रकको ठक्करबाट स्थानिय ५० बर्षीय राज कुमार परियारको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै मंगलबार बिहानै फेरी अर्को सवारी दुर्घटना भयो । रत्ननगर नगरपालिका वडा न.७ टिकौलिमा पुर्व पश्चिम राजमार्ग खण्डमा ना ५ ख ७७६५ नम्बरको ट्रकको ठक्करबाट ३५ बर्षिय रामेश्वर मुखिया विन गम्भिर घाइते भए । पर्सा जिल्लाको मटिहानी गा.वि.स. ५ निवासी मुखिया विनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भयो ।

त्यो घटना सेलाउन नपाउदै सोही रात १ बजे भरतपुरमा अर्को दुर्घटना भयो । भरतपुर उपमहानगरपालिका ३ मा माइक्रो बस र ट्रक एकआपसमा ठक्करखादाँ माइक्रो चालकको मृत्यु भयो । काठमाडौबाट नारायणगढ तर्फ जादै गरेको बा ३ ख ८६३१ नम्बरको माइक्रो र बिपरित दिशाबाट आउदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक आपसमा ठोकिदा माइक्रोको चालक पाल्पा जिल्लो हुगीका २५ बर्षीय प्रदिप परियारको घटनास्थलमानै मृत्यु भयो ।

त्यस्तै पूर्वीचितवनमा बुधबार अर्को दुर्घटना भयो । पूर्वीचितवनको कालिका नगरपालिका १० स्थीत गाबिस चोकमा बुधबार बेलुका ना १ ह ७३८ नम्बरको टेम्पोको पछाडी ना १५ प ८४३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका कालिका नगरपालिका १२ बस्ने मोटरसाईकल चालक अनिल सिहं ठकुरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका १३ हर्नहरीमा गएराती ना ३ त ४३१ नम्बरको ट्रयाक्टरले किच्दा खैरहनी १२ का ४२ बर्षीय सोमला चौधरीको मृत्यु भएको छ । आफै सवार ट्रयाक्टरबाट खसेका चौधरीलाई सोही ट्रयाक्टरले किचेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । यो अवधीमा दुर्घटनामा परेका सबै सवारीसाधान र चालकहरु अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

जाडो मौसम सुरु भएसँगै चितवनमा दुर्घटना पनि बढ्न थालेको छ । यसरी दिनँहु जसो भईरहेको दुर्घटना न्यूनीकरणको लागी ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाउनुपर्ने देखिएको छ । ट्राफिक प्रहरीले केबल जरिबाना असुल्न मात्र ध्यान दिएको तर दुर्घटना न्यूनीकरणकाको लागी खासै पहल नगरेको स्थानियकोे गुनासो छ । जाडोयाममा हुस्सु र कुहिरोले गर्दा भिजिबिलिटी कम हुने जसले गर्दा दुर्घटना बढ्न सक्ने प्रहरीको भनाई छ ।

भिजिबिलिटी कम हुने भएकाले बिहानी र रातको समयमा सवारीचालकहरुले अझ सावधानी पुर्वक सवारी साधन चलाउनुपर्ने बताउछन् जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवाल । प्रहरीले मात्र दुर्घटना रोक्न सक्दैन आम सर्वसाधरण र सवारीचालकले ट्राफिक नियम पालन गर्नुपर्छ भेटवालले भने । वातावरणीय कारण र गा्रमिण क्षेत्रमा प्रहरी हुदैन भनेर ट्राफिक नियमको पालन नगरी लापरवाहीपुर्वक सवारीसाधन चलाउदा दुर्घटना बढेको उनको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका