Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा धमाधम सहकारी एकीकरण, पाँच महिनामा पाँच सहकारी गाभिए – Gaule Khabar

नवलपरासीमा धमाधम सहकारी एकीकरण, पाँच महिनामा पाँच सहकारी गाभिए

नवलपरासीमा धमाधम सहकारी एकीकरण, पाँच महिनामा पाँच सहकारी गाभिए

गैंडाकोट,मंसिर २४-

सहकारी संस्थाबीच एकीकरण हुने क्रम चितवनमा सुस्त भए पनि नवलपरासीमा भने सहकारी संस्थाबीच एकपछि अर्को एकीकरण हुने गरेको छ ।नवलपरासीको डिभिजन सहकारी कार्यालयबाट प्राप्त जानकारी अनुसार यो आर्थिक वर्षको पाँच महिनामा पाँचवटा सहकारी संस्था दुईवटा सहकारी संस्थामा गाभिए । सबै सहकारी चितवनसँग जोडिएको गैंडाकोटका हुन् ।

पछिल्लो समय गैंडाकोटमा रहेका दुईवटा सहकारी संस्थाबीच एकीकरण भएको छ । गैंडाकोट बचत तथा ऋण सहकारी र स्वाभिमान बचत तथा ऋण सहकारीबीच मंसिर ५ मा एकीकरण भएर गैंडाकोट स्वाभिमान सहकारीको नाममा नयाँ कारोबार सुरू भइसकेको छ । नयाँ सञ्चालकको औपाचारिक घोषणा भोलि शनिबार हुँदै छ ।

‘सहकारीहरु बीच एकीकरण हुने नीति सरकारले ल्याए पनि व्यवहारमा कमै एकीकरण हुने गरेका छन् । हामी पनि विसं २०५८ सालबाटै एकीकरणको प्रयासमा थियौं । छवटा संस्थाबीच एकीकरणको प्रयास गरेका थियौं, अन्तिममा दुईवटा मात्रै एक भयौं’ गैंडाकोट ऋण तथा बचत सहकारीको तर्फबाट एकीकरण कार्यदलका संयोजक रहेका देवराज पौडेलले भने ।

गैंडाकोट सहकारी संस्था विसं २०५० साल कात्तिक एक गते ६० जना सदस्यहरुबाट सुरू भएको थियो । त्यस्तै, स्वाभिमान बचत तथा ऋण सहकारी संस्था विसं २०५३ साल फागुन १६ गते २५ जना सदस्यहरुबाट सुरू भएको सो संस्थाका पूर्वअध्यक्ष पोषणराज सुवेदीले बताए । गैंडाकोटमा ४९ सय र स्वाभिमानमा १३ सय सेयर सदस्य थिए ।

एकीकरणपछि सेयर सदस्य संख्या छ हजार पुगेको छ । कुल पूँजी ४५ करोड ३० लाख रूपैयाँ र सेयर पूँजी पाँच करोड १५ लाख रूपैयाँ पुगेको व्यवस्थापक रामचन्द्र सुवेदीले बताए । त्यस्तै बचत रकम ३५ करोड ६१ लाख रूपैयाँ पुगेको छ । संस्थाले लगानी गरेको ऋण रकम ३९ करोड ७२ लाख रूपैयाँ रहेको व्यवस्थापक सुवेदीले जानकारी दिए ।

सहकारीले १६ प्रकारका बचत सेवा सञ्चालन गरेको छ । ‘सेयर सदस्यको विभिन्न रुची र आर्थिक अवस्थालाई ख्याल गरेर त्यही अनुसारका बचत सञ्चालन गरेका छौं । ६ दशमलब २५ देखि नौ दशमलब ७५ प्रतिशतसम्म व्याज दिने गरिएको छ’ व्यवस्थापक सुवेदीले भने । त्यस्तै १४ शीर्षकमा ऋण लगानी हुने गरेको छ । ऋणमा साढे १२ देखि साढे १३ प्रतिशतसम्म व्याज लिने गरिएको छ ।

‘आपतकालीन ऋण शीर्षकमा ४० हजार रूपैयाँसम्म लगानी गर्छौ । त्यसमा एक महिनासम्म व्याज लाग्दैन । एक महिना नाघे ११ प्रतिशत व्याज लाग्छ । आपतकालीन ऋणको पनि सूचक र प्रक्रिया भिन्नै छ’ व्यवस्थपक सुवेदीले भने । एकीकरण आवश्यकता भए पनि नाम र सञ्चालकहरुको पदको विषयले गाह्रो हुने गरेको स्वाभिमान बचतका पूर्वअध्यक्ष शुरेश पण्डितले बताए ।‘हामी यो सहकारीलाई गैंडाकोट क्षेत्रकै उत्कृट सहकारी बनाउने उद्देश्यले काम गरेका छौं । एकीकरणले यो उद्देश्यलाई सघाउने छ’ एकीकृत गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाका संयोजक धनबहादुर पौडेलले भने ।

पाँच महिनामा पाँच सहकारी गाभिए

सहकारी संस्थाहरु एकीकरण हुने नीतिले नवलपरासीमा उत्साहजनक परिणाम ल्याएको डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्धप्रकास पौडेलले बताए । यो आर्थिक वर्ष सुरू भएको पाँच महिनामा अर्थात साउनदेखि मंसिरसम्म पाँचवटा सहकारी संस्थाहरु एकीकरण भएको उनले जानकारी दिए ।

‘साउनयता मंसिरसम्म चारवटा सहकारी संस्था गैंडाकोटकै किसान बचत तथा ऋण सहकारी संस्थामा र एउटा सहकारी गैंडाकोट बचत तथा ऋण सहकारी संस्थामा गाभिएका छन्’ प्रमुख पौडेलले भने । नवलपरासीमा हालसम्म २८ वटा सहकारी संस्थाबीच एकीकरण भएर १० वटा बनेको उनले बताए । नवलपरासीमा कुल ४८८ वटा सहकारी संस्थाहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका