देशको अस्तित्व सङ्कटमा पर्ने कुनैपनि प्रस्ताव स्वीकार्य हुँदैन : नेम्वाङ

देशको अस्तित्व सङ्कटमा पर्ने कुनैपनि प्रस्ताव स्वीकार्य हुँदैन : नेम्वाङ

मोरङ, मङ्सिर २४ –

नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ‘देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन् ।’

एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले संसद्मा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्र गरेको आरोप लगाउँदै ‘९० प्रतिशत सभासद्ले पारित गरेको संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै औचित्य नरहेको बताए ।’

उनले भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिदैं ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ