संशोधन प्रस्ताव एमालेकै सहमतिमा पारित हुन्छः यादव

संशोधन प्रस्ताव एमालेकै सहमतिमा पारित हुन्छः यादव

काठमाडौं, मंसिर २३–

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित् गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्नेगरि संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने,‘अहिले संविधान कार्यान्वयन गर्ने वेला हो, यस्तो वेलामा कार्यान्वयन गर्न छोडेर संशोधनको कुरा किन गरिँदैछ ?’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा सांसद महतोले एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नभएको उल्लेख गर्दै भने,‘संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा हामी छैनौं, तर अहिले संशोधनको आवश्यकत्ता हो कि होईन भन्ने कुरा हो, अहिले संविधान कार्यान्वयन गर्ने वेला हो ।’
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव सके एमालेको सहमतिमा नभए दुई तिहाईले पारित हुने दाबी गरे ।
उनले संशोधन प्रस्ताव राष्ट्रिय आवश्यकत्ता भएको उल्लेख गर्दै यसलाई पारित गरेर संविधान कार्यान्वयनमा जानुपर्ने बताए । यादवले संविधानलाई सर्वस्विकार्यताको लागि सरकारले संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘एमालेले ठूलो बबण्डर मच्चायो, लहैलहैमा लागेर मुलुकमा द्धन्द्ध निम्त्याउने काम कसैले गर्नुहुँदैन् ।’
प्रदेशको सिमांकन हेरफेरलाई राष्ट्रियतासँग जोड्ने काम गर्न नहुने भन्दै यादवले भने,‘एमालेले राष्ट्रियतालाई विवादमा पारेको छ ।’ उनले एमालेले संशोधन प्रस्तावको विपक्षमा आवाज उठाएर चुनावी प्रचारप्रसार गरिरहेको समेत आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ