Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सार्क छलफल गर्ने साझा मञ्च – Gaule Khabar

सार्क छलफल गर्ने साझा मञ्च

सार्क छलफल गर्ने साझा मञ्च

काठमाडौँ, मंसिर २३ –

सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मञ्चलाई मुलुकको हितमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सार्क दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले सार्कको अध्यक्ष राष्ट्र नेपाल, नेपालकै महासचिव र चेम्बरको अध्यक्ष पनि नेपालबाटै भएको वर्तमान अवस्था मुलुकका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले सार्कमा विभिन्न चुनौती र समस्या भए पनि यस क्षेत्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले भेटघाट तथा छलफल गर्ने साझा मञ्चका रुपमा सार्कको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा चेम्बरका सदस्य राजेन्द्रमान शेरचनले चेम्बर यस क्षेत्रका सदस्य राष्ट्रको आर्थिक र राजनीतिक क्षेत्रलाई निजी क्षेत्रसँग जोड्न प्रयासरत रहेको बताउनुभयो ।

सन् १९९१ मा स्थापित चेम्बर यस क्षेत्रका सदस्य राष्ट्रको उद्योग वाणिज्य क्षेत्रको साझा मञ्च हो । सदस्य राष्ट्रबाट तोकिएको व्यक्तिले आलोपालो रुपमा प्रत्येक दुई वर्षमा चेम्बरको अध्यक्षता गर्दै आएका छन् ।

सन् १९८५ डिसेम्बर ८ अर्थात आजकै दिन स्थापना भएको सार्कको विभिन्न कार्यक्रमका साथ ३२ औँ स्थापना दिवस मनाइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका