Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उपराष्ट्रपति पुनद्वारा मेलाको उद्घाटन – Gaule Khabar

उपराष्ट्रपति पुनद्वारा मेलाको उद्घाटन

उपराष्ट्रपति पुनद्वारा मेलाको उद्घाटन

नवलपरासी, मंसिर २३ –

आजदेखि सुनवलमा सुरु भएको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्यौगिक व्यापार मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको छ ।

‘शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ सुरु भएको मेला आगामी पुस ३ गतेसम्म चल्ने छ । जिल्लाका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसार तथा उत्पादित वस्तुको प्रचारप्रसारमा मेला केन्द्रित रहने आयोजक नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो ।

मेलाको मुख्य आकर्षणका रुपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहने छ । मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रुपमा रहेको छ । मेलामा कृषि, पर्यटन, उद्योग व्यापार एवम् सूचना प्रविधि सम्बन्धी करिब ३०० वटा कक्ष रहेका छन् । मेलाको करिब तीन लाख दर्शकले अवलोकन गर्ने तथा रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

यसैबीच उपराष्ट्रपति पुनले आजै भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपाको अवलोकन गर्नुभयो । उपराष्ट्रपति पुनले दीप प्रज्वलन गरी स्तूपाको ऐतिहासिक महत्वबारे जानकारीसमेत लिनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका