Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर – Gaule Khabar

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर

रसुवा, मंसिर २३–

बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ ।

हिमाली जिल्ला रसुवामा समेत बालमैत्री फिल्म “ज्योति” हेर्न आम नागरिकको ओइरो लागेको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे हुँदै फिल्म देखाउन रसुवा पुगेका धुर्मुस सुन्तलीलाई जाडोको पर्वाह नगरी साँझको समयमा समेत १० हजारभन्दा बढी दर्शकको साथ मिलेको छ । उनीहरुले रसुवाको धुन्चे र कालिकास्थानमा बालमैत्री फिल्म “ज्योति” प्रर्दशन गरेका छन् ।

निकै चिसो मौसमका बाबजुद पनि बालमैत्री फिल्म हेर्ने दर्शकको उल्लेख्य उपस्थिति र फिल्म हेरीसकेपछिको प्रतिक्रिया एवं प्रतिबद्धताले आफुहरुमा नयाँ जोस प्राप्त भएको सिताराम कट्टेलले बताएका छन् । नयाँ पुस्ताको सोचलाई सकारात्मक बनाउन सकेमा देशको भविष्य उज्वल हुने कुञ्जना घिमिरेको भनाई छ । बालमैत्री स्थानीय शासनका ३९ सूचक समावेश गरेर बनाइएको फिल्म “ज्योति”ले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा धेरै सहयोगी बन्ने अपेक्षा लिइएको छ ।

img_0434
पुनर्निर्माणको कामबाट समेत प्रशंसा बटुलेका उनीहरुले देश बनाउनका लागि बालमैत्री स्थानीय शासन अपरिहार्य रहेको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा अभियान सुरु गरेका उनीहरुलाई युनिसेफ नेपालको सहयोग मिलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका