Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘चीन भरपर्दो मित्र’ – Gaule Khabar

‘चीन भरपर्दो मित्र’

‘चीन भरपर्दो मित्र’

काठमाडौँ, मंसिर २२ –

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन नेपालको भरपर्दो मित्र हो भन्दै पारस्परिक सम्बन्ध सुदृढ तुल्याउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

चाइना–रेडाक्टोलोजिकल सोसाइटी करेन्ट प्रकाशन प्रालिले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको २१औँ शताब्दीमा सञ्चार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले चीन नेपालको सुख दुःखको साथी रहेको बताउनुभयो । गत वर्षको भूकम्पका बेला चीनले गरेको सहयोग नेपाली जनताले सम्झिरहेको बताउँदै उहाँले सरकारी र जनस्तरको क्षेत्रमा दुई देशको सम्बन्ध छ भन्नुभयो ।
सोसाइटीका अध्यक्ष हाओ भ्येङसेङले नेपालले अवलम्बन गरेको एक चीन नीति र चीनको चासोप्रति दर्शाएको संवेदनशीलता सराहनीय छ भन्नुभयो । प्रकाशनका अध्यक्ष देवेन्द्र गौतमले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभयो । पूर्व राजदूत सुन्दरनाथ भट्टराई, पत्रकार युवराज घिमिरेलगायतले पारस्परिक सम्बन्धबारे बोल्नुभएको थियो । रासस काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन नेपालको भरपर्दो मित्र हो भन्दै पारस्परिक सम्बन्ध सुदृढ तुल्याउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

चाइना–रेडाक्टोलोजिकल सोसाइटी करेन्ट प्रकाशन प्रालिले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको २१औँ शताब्दीमा सञ्चार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले चीन नेपालको सुख दुःखको साथी रहेको बताउनुभयो । गत वर्षको भूकम्पका बेला चीनले गरेको सहयोग नेपाली जनताले सम्झिरहेको बताउँदै उहाँले सरकारी र जनस्तरको क्षेत्रमा दुई देशको सम्बन्ध छ भन्नुभयो ।
सोसाइटीका अध्यक्ष हाओ भ्येङसेङले नेपालले अवलम्बन गरेको एक चीन नीति र चीनको चासोप्रति दर्शाएको संवेदनशीलता सराहनीय छ भन्नुभयो । प्रकाशनका अध्यक्ष देवेन्द्र गौतमले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभयो । पूर्व राजदूत सुन्दरनाथ भट्टराई, पत्रकार युवराज घिमिरेलगायतले पारस्परिक सम्बन्धबारे बोल्नुभएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका