Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल – Gaule Khabar

बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

काठमाडौं, मंसिर २२–

काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया (शरीरमा रगत उत्पादन नहुने) रोग लागेपछि हाल काठमाडौंस्थित् कान्ति बाल अस्पतालमा उपचाररत भएकोले उनको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।
निज नेपालीको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकोले उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले आज अपिल गरेको हो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो अपिल गरेको हो ।
परिवारका अनुसार नीजको उपचारको लागि रु ४५ लाख भन्दा बढि नै लाग्नेछ । विरामी बालक नेपालीका बाबु रामचन्द्र नेपालीले सबैले सहयोग गरिदिए छोराको उपचार हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै सकेको सहयोग गर्न आग्रह गरे ।
सहयोग गर्न चाहनेहरुले विरामी बालकको बाबुको नाममा सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ ऋक् रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका