Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
इण्डोनेसियामा शक्तिशाली भूकम्प, ५२ को मृत्यु – Gaule Khabar

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ५२ को मृत्यु

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ५२ को मृत्यु

इण्डोनेसिया, मंंसिर २२ –

इण्डोनेसियाको उत्तरी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

६.५ रेक्टर स्केलको भूकम्पका कारण आचे प्रान्तमा ठूलो क्षति भएको छ । सयौं घरहरु भत्किएका छन् । र, अहिले पनि केही मानिस भग्नावशेषमा पुरिएको आशंका छ ।

तर, इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामीको भने कुनै खतरा नरहेको बताएको छ ।

स्न २००४ मा आभे प्रान्तमा ९.४ रेक्टर स्केलको भूकम्पपछि आएको विनाशकारी सुनामीका कारण १ लाख ६० हजार भन्दान बढी मानिसको मृत्यु भएको थियो ।

अधिकारीहरुका अनुसार भूकम्पमा परी ७० जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको संख्या सय भन्दा बढी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका