Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारबाटै पक्षपात भएको गुनासो – Gaule Khabar

सरकारबाटै पक्षपात भएको गुनासो

सरकारबाटै पक्षपात भएको गुनासो

काठमाडौँ, मंसिर २२

द्वन्द्वपीडित राष्ट्रिय समाजले सरकारले द्वन्द्वपीडितका समस्या समाधानमा पक्षपात गरेको आरोप लगाएको

समाजले आज नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई उहाँकै निवासमा ज्ञापनपत्र बुझाउँदै सत्य निरुपण तथा मेलमिलाप बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग राजनीतिक हस्तक्षेपको मारमा परेको जनाएको हो

समाजका अध्यक्ष कुलबहादुर गुरुङले सत्य निरुपण आयोगमा प्रजातान्त्रिक विचारका सदस्यको मत अल्पमतमा पारिँदै आएबाट आयोग पीडितमुखी नभइ पीडकमुखी बन्दै गइरहेको गुनासो गर्नुभयो

उहाँले तत्कालीन माओवादीबाट कब्जा गरिएका जग्गा जमिन फिर्ता गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट भएका आदेश समेत सरकारबाट पालना नभएकामा सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको थियो

सभापति देउवाले द्वन्द्वपीडितका समस्या निष्पक्ष रुपमा समाधानका लागि आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिनुभयो

आजै राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले क्रिसमस पर्वका अवसरमा राष्ट्रिय बिदा दिनुपर्ने माग राख्दै सभापति देउवालाई ज्ञापनपत्र बुझाएको

ज्ञापनपत्र बुझाउँदै महासङ्घका अध्यक्ष सिबी गहतराजले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालादेखि क्रिसमसका अवसरमा राष्ट्रिय बिदा दिइँदै आएको अवगत गराउनुभयो

उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय बिदा कटौती गरी ख्रिस्टियन धर्मालम्बी कर्मचारीका लागि मात्र सीमित गरेको गुनासो गर्दै ख्रिस्टियन धर्मालम्बीलाई संविधानले प्रदत्त गरेका धार्मिक हकबाट समेत वञ्चित गराएको उल्लेख गर्नुभयो

भेटमा सभापति देउवाले अहिले क्रिसमस पर्व सबैले मनाउने प्रचलन बढ्दै गएको बताउँदै सो पर्वमा बिदा दिने सम्बन्धमा सरकारसँग कुरा गर्ने आश्वासन दिनुभयो रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका