Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु – Gaule Khabar

हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

गौशााला, मंसिर २१ –
पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको लक्ष्मिनियाँ जङ्गलमा सोमबार हरिणसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका—२४ बस्ने ३० वर्षीय रोहितकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।

पूर्वबाट स ४ प २९६७ नम्बरको मोटरसाइकलमा चढी पथलैया जाँदै गरेका युवक महतोलाई लक्ष्मिनियाँ गाविस–५ स्थित जङ्गलमा हरिणले अचानक बाटो काट्दा उनको मोटरसाइकलमा ठोक्किएर उनी राजमार्गमा लडेका थिए ।

हरिणसँग मोटरसाइकल ठोक्किएर राजमार्गमा लडेका युवक महतोलाई दु्रतगतिमा विपरीत दिशाबाट आएको ना २ ख ८११५ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो ।

घटनापश्चात् ट्रकका चालक र ट्रकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका