Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सनराइज बैङकको रत्ननगरमा अन्तरक्रिया – Gaule Khabar

सनराइज बैङकको रत्ननगरमा अन्तरक्रिया

सनराइज बैङकको रत्ननगरमा अन्तरक्रिया

चितवन, मंसिर २०–

सनराइज बैङकले ‘सुरक्षित घर कर्जा’ र विभिन्न विद्युतीय बैकिङ सेवा सुविधाबारे जानकारी दिन रत्ननगरमा बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सोमबार हंस मनोरञ्जन केन्द्रमा एक समारोहको आयोजना गर्दै बैङकले आफ्नो ग्राहक तथा सर्वसाधरणमा बैङकबाट उपलब्ध हुने सुरक्षित घर कर्जा र विभिन्न विद्युतिय बैङिकङ सुविधाको बारेमा जानकारी दिएको हो । घर कर्जा बारे बोल्दै बैङकका बित्त प्रबन्धक अरुण पराजुलीले कर्जा लिँदा ऋणिको कर्जा बराबरको जीवन बिमा गरिने हुँदा यसलाई सुरक्षित घर कर्जा भनिएको बताए । उनले यो योजना आम सर्वसाधारणकै लागि ल्याइएको हुँदा फाइदा उठाउन पनि सबैलाई आग्रह गरे । बिमाका लागि आफुहरुले प्राइमलाइफ इन्स्योरेन्स सँग सहकार्य गरेको उनले जानकारी दिए ।
त्यस्तै बिद्युतिय बैङिकङ सुविधाबारे जानकारी दिदै बैङकका बजार शाखाका नकुल पौडेलले इलेक्ट्रोनिक बैङिकङ निकै सुरक्षित रहेको बताए । बैङकले दिएका विभिन्न बिद्युतिय बैङिकङ सेवा बारे उनले उपस्थितमाझ सहजीकरण गरेका थिए । बैङकका टाँडी शाखाका प्रबन्धक दिलिप मैनालीले कार्यक्रम बैङकको प्रचारका लागि नभई सर्वसाधरणमा जानकारी दिन आयोजना गरिएको बताए । उनले बैङकका सेवा सुविधाबारे कयौ मानिस अनभिज्ञ रहने गरेको र यस्तो कार्यक्रमले निकै सरल हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सनराइज बैङकको हाल ५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुजीँ रहेको छ । यो बैङक २३ औ बाणिज्य बैङकको रुपमा २०६४ असोज २५ गते स्थापना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका