Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेलिकम चितवनको क्यान्टिनमा रक्सीका बोतल र चुरोटका ठुटा !, हाकिम भन्छन्-मैले रोक्न सक्दैन – Gaule Khabar

टेलिकम चितवनको क्यान्टिनमा रक्सीका बोतल र चुरोटका ठुटा !, हाकिम भन्छन्-मैले रोक्न सक्दैन

टेलिकम चितवनको क्यान्टिनमा रक्सीका बोतल र चुरोटका ठुटा !, हाकिम भन्छन्-मैले रोक्न सक्दैन

सुवास पण्डित,

चितवन मंसिर, २०-

नेपालको कानुन अनुसार सार्बजनिक स्थलहरुमा धुमपान र मद्यपान गर्नु दण्डनीय छ । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियम गर्ने ऐनले सरकारी तथा अर्धसरकारी निकाय वा संघसंस्थाको कार्यालयमा सूर्तिजन्य पदार्थ बिक्री वितरण तथा उपभोग गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था गरेको छ ।

तर, ति ऐन कानुनहरुलाई सरकारकै स्वामित्वमा रहेको नेपाल टेलिकमकै क्यान्टिनमा धज्जी उडाइएको छ । पत्यार नलागे चितवनको भरतपुरस्थित नेपाल टेलिकमको क्यान्टिनभित्र हेरे हुन्छ । क्यान्टिनभित्र रक्सीका बोतल र चुरोटका ठुटाहरु छरपष्ट देख्न सकिन्छ ।

टेलिकम चितवनको क्यान्टिनमा ‘नो स्मोकिङ’ अर्थात् (धुमपान निषेध) लेखिएको बोर्ड पनि छ । तर, त्यसको कुनै पर्वाह छैन । कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी प्रशासन पनि मुकदर्शक बनिरहेको छ ।

टेलिकम चितवनका एक कर्मचारीले भने, ‘यहाँ त यस्तै हो । कार्यालय समयमै चुरोटको धुवाँ उडाइन्छ । कार्यालय समय सकिनासाथ रक्सीका बोतल लडाइन्छ । कसैको कसैलाई मतलब छैन ।’

टेलिकम कार्यालय भित्रकै क्यान्टिनमा गएर केही कर्मचारीहरुले निर्वाध रुपमा चुरोट सल्काउने गरेको प्रत्यक्षदर्शी बताउँछन् । क्यान्टिन सञ्चालन गर्दै आएका सुवास भुजेलले क्यान्टिनबाट चुरोट बेच्दै आएका छन् । ‘चुरोट त म आफैले बेच्न राखेको छु । रक्सी चाहीँ उहाँहरु (कर्मचारी)ले बाहिरबाटै ल्याएर खानुहुन्छ,’ भुजेलले भने, ‘नबेच्न भनेर कसैले भनेको छैन ।’

भरतपुर उपमहानगरपालिका १३ आनन्दपुरका भुजेलले विगत १ वर्षदेखि टेलिकम चितवनको कार्यालयभित्र क्यान्टिन सञ्चालन गर्दै आएका छन् ।यसबारे बुझ्दा टेलिकम कार्यालय भरतपुरका प्रमुख इन्जिनियर हरि ढकालले कार्यालय समयमा कसैलाई पनि चुरोट र रक्सी खाने छुट नभएको बताए । ‘म पनि कहिलेकाँही क्यान्टिनमा जान्छु, केही चुरोट खाने साथीहरु पनि हुनुहुन्छ, कहिलेकाहीँ पाहुनाहरुले पनि खान खोज्नुहुन्छ,’ ढकालले भने, ‘तर कार्यालय समयमा खान पाइँदैन ।’

कार्यालयकै क्यान्टिनबाट चुरोट किनेर कर्मचारीहरुले खाइरहेका छन् नी भन्ने  जिज्ञासामा प्रमुख ढकालले भने, ‘बेच्न पनि पाइँदैन, म बुझ्छु ।’उनले कार्यालय समयभन्दा पछिको समयमा क्यान्टिनमा चुरोट र रक्सी खानेलाई आफूले रोक्न नसक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका