मकवानपुरमा आपत्कालिन विमानस्थल बनाइने

मकवानपुरमा आपत्कालिन विमानस्थल बनाइने

हेटौंडा,मंसिर २०-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा परेका पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउन उपयुक्त रहेकाले सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने जानकारी उहाँले दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ