मन्दिर निर्माणका लागि रु सोह्र लाखको जग्गा दान

मन्दिर निर्माणका लागि रु सोह्र लाखको जग्गा दान

महोत्तरी, मंसिर २० – एक दम्पतीले राधाकृष्ण मन्दिर निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क रुपमा दान गरेको छ ।

बर्दिबास नगरपालिका–२ का योगेन्द्र र समिता हमालले रमन्दिर निर्माण गर्नका लागि सडक छेउमै रहेको चार धुर जग्गा दान गरेका हुन् । योगेन्द्रले आफ्ना बुबा स्व नारायणबहादुर र आमा दुर्गा हमालका स्मृतिमा रु १६ लाख मूल्य बराबरको सो जग्गा प्रदान गरेको स्थानीय सामाजिक अभियानकर्मी राजकरण महतोले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ