Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नुपर्छः मिडिया नेपाल – Gaule Khabar

धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नुपर्छः मिडिया नेपाल

धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नुपर्छः मिडिया नेपाल

चितवन, मंसिर १९–

मिडिया नेपाल केन्द्रिय कार्यसमितिले राष्ट्रको दुरगामी भविष्यसँग सम्वन्धित हिन्दु राष्ट्र वा धर्म निरपेक्षताको बारेमा जनमत संग्रह गर्न माग गरेको छ ।
चितवनमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले जारी गरेको १३ बुँदे घोषणा पत्र बारे आज भरतपुरमा पत्रकार सम्मेलन गरि यस्तो माग राखेको हो ।

उसले संघीयता वा स्थानीय स्वायत्त शासन र संबैधानिक राजतन्त्र वा गणतन्त्रका सम्वन्धमा पनि तत्काल जनमत संग्रह घोषणा गर्न माग गरेको छ ।
मिडिया नेपालले जनताको रायका आधारमा निर्णय गरी विद्यमान द्धन्द्ध निराकरण गर्न सरकार र सरोकारवाला राजनीतिक दलहरुसँग आग्रह समेत गरेको छ । मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्यालले कृयाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता जस्तो आधारभूत अधिकारबाट बन्चित गर्ने तर विभिन्न जिल्लामा गैर पत्रकारहरुलाई सदस्यता दिएर नेतृत्व कव्जा गर्ने गैर व्यवसायीक आचरण प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । गैर व्यवसायीक पत्रकारले लिएको सदस्यता तत्काल खारेज गर्न र वास्तविक पत्रकारलाई सहज ढङ्गले सदस्यता प्राप्त गर्ने अवस्था सृजना गर्न माग समेत गर्नुभयो ।
जारी घोषणा पत्रमा पत्रकारलाई अनिवार्य नियुक्ति पत्र दिन, न्यूनतम पारिश्रमिक पूर्ण रुपमा र तत्काल लागु गर्न, मिडिया नेपाललाई संघ संगठनले पाउने अवसरबाट बन्चित नगर्न भनिएको छ । सरकारी एवं अर्धसरकारी निकायमा सूचना अधिकारी नियुक्ति गर्दा सञ्चारकर्मीलाई मात्र नियुक्ति गर्ने व्यवस्था कडाईका साथ लागू गराउनु पर्ने, एक वर्ष भन्दा बढ काम गरेका पत्रकारलाई स्वत स्थाई गर्न, पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनको दर्ता एवं नविकरण सहज बनाउन र लोक कल्याणकारी विज्ञापनको रकमा दोब्बर वृद्धि गर्न पनि माग गरिएको छ । साथै संचार क्षेत्रमा महिला संचारकर्मीको बाध्यात्मक पलायन रोक्न गर्भवती महिला संचारकर्मीलाई प्रसूति हुनुअघि वा पछि सेवा अवधिमा दुई पटक सबै सुविधासहितको बढीमा साठी दिन प्रसूति बिदा दिनुपर्ने एवं पुरुष संचारकर्मीको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति हेरचाहको लागि सात दिनसम्मको बिदा दिने व्यवस्था मिलाउन माग समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका