Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी, ५ नम्बर प्रदेशका विभिन्न स्थानमा विहानैदेखि प्रदर्शन – Gaule Khabar

प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी, ५ नम्बर प्रदेशका विभिन्न स्थानमा विहानैदेखि प्रदर्शन

प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी, ५ नम्बर प्रदेशका विभिन्न स्थानमा विहानैदेखि प्रदर्शन

बुटबल,मंसिर १९-

सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा लगातारजसो प्रदर्शनहरु भइरहेका छन् ।आजपनि बुटवलमा बिहानैदेखि प्रदर्शन गरिएको छ । रुपन्देहीका विभिन्न ठाउँमा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरिएको छ ।

संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् ।काठमाडौंमा दुई सत्ताधारी कांग्रेस र माओवादी केन्द्रले संशोधन प्रस्ताव दर्ता गराएपनि प्रदेशस्तरमा कार्यकर्ताले त्यसलाई ठाडै चुनौति दिएका छन् । कांग्रेस माओवादी केन्द्रका केन्द्रीय नेता र सांसदनै सरकारी प्रस्तावविरुद्ध प्रदर्शनमा सहभागि भएका छन् ।

गुल्मीमा भने संशोधन प्रस्तावको विरोधमा अनिश्चितकालिन आम हड्ताल आह्वान गरिएको छ । राजनीतिक दल, संघ संस्था, पत्रकार, नागरिक समाजको गएराति बसेको बैठकले आन्दोलन सशक्त बनाउन भन्दै आमहड्तालको आह्वान गरिएको हो ।

यातायात, पसल, सरकारी कार्यालय सबै बन्द गरिएको छ भने शैक्षिक संस्था पनि खोल्न दिइने छैन । प्रदेश सिमांकनको विरोधमा गुल्मी, अर्घाखांची, रोल्पा र प्यूठानमा पनि दिनहँु नाराबाजी भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका