Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाँच विद्यार्थी संगठन भन्छन- रुपन्देही बन्द जारी छ – Gaule Khabar

पाँच विद्यार्थी संगठन भन्छन- रुपन्देही बन्द जारी छ

पाँच विद्यार्थी संगठन भन्छन- रुपन्देही बन्द जारी छ

बुटबल,मंसिर १९-

सरकारले प्रदेश नम्बर ५ टुक्र्याउने प्रस्ताव सहित संविधान संशोधन प्रस्ताव दर्ता गरे पछि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठन र संस्थाहरुको फरक विचार आएको छ । अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनीले बन्द फिर्ता गरेर शान्ति पुर्ण आन्दोलनको घोषणा गरेको छ भने विद्यार्थी संगठनहरुले रुपन्देही बन्द जारी रहेको बताएका छन् ।

अखण्डले लियो बन्द फिर्ता
पाँच नम्बर प्रदेशलाइ टुक्राउने प्रस्तावको विरुद्ध आन्दोलन गर्दै आएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनीले शनिबार ५ बजे देखि बन्दका कार्यक्रम स्थगित गरेको छ । अभियानका संयोजक विष्णु पोखरेलले विज्ञप्ति निकालेर बन्दका कार्यक्रम फिर्ता भएको जानकारी दिएका हुन् । तर शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी रहने उनले बताए ।

बन्द जारी छ – पाँच विद्यार्थी संगठन
तर बुटवलमा पाँच विद्यार्थी संगठनका नेताहरुले संयुक्त रुफमा एक विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएका छन् । विज्ञप्तिमा विहान ९ बजे देखि बेलुका ५ बजे सम्मकालागि अनिश्चितकालिन बन्दको आब्हान गरेको बताइएको छ । विद्यार्थीहरुको संयुक्त रुपमा बसेको बैठकले आइतबार विहान ९ बजे देखि बुटवल मिलनचोकबाट पुष्पलाल पार्क सम्म शान्तिपुर्ण र्याली आयोजना गर्ने निर्णय गरेको छ । बैठक पछि जारी विज्ञप्तिमा सिमाङकन हेरफेर सहितको विधेयक फिर्ता लिन सरकारसंग जोडदार माग गरिएको छ ।
हेर्नुुस विज्ञप्ति

student

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका