Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘क्लिन रौतहट, ग्रीन रौतहट’ अभियान सुरु – Gaule Khabar

‘क्लिन रौतहट, ग्रीन रौतहट’ अभियान सुरु

‘क्लिन रौतहट, ग्रीन रौतहट’ अभियान सुरु

रौतहट, मंसिर १८–
रौतहट जिल्लालाई सफा र हरियो बनाउने उदेश्यका साथ ‘क्लिन रौतहट, ग्रीन रौतहट’ अभियान सुरु गरिएको छ ।

यही अभियान अन्तर्गत आज (शनिबार) रौतहटको वीरेन्द्र राजमार्गको दुवै तिर वृक्षरोपण गरिएको छ । जिल्ला प्रशासन रौतहटको अगुवाई तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहटको सहयोगमा वीरेन्द्र राजमार्ग अन्तर्गत सरुअठा बम नहरदेखि झुन्खुनवा चौक हुँदै पिप्रा भगवानपुर ईदरीस गेटसम्म करिव पाँच सय भन्द बढी विरुवा रोपीएको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरहरी बरालले यस अभियानले जिल्लालाई सफा सुग्घर बनाउनुको साथै हरियाली वातावरण समेत बन्ने बताउनुभयो । उहाँले संसारलाई वातावरणीय प्रदुषणबाट बचाउन यस्तो अभियान संजिवनी बुटी भएको बताउनुभयो ।

विश्वको अहिले वातावरण विगे्रको अवस्थामा रौतहट जिल्लाको वातावरण सन्तुलन गर्नको लागी ‘क्लिन रौतहट, ग्रीन रौतहट’ अभियान अन्तरगर्त वक्षारोपण अभियान संचालन गरिएको हो । कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले यस्तो कार्यक्रम समाजलाई राम्रो दिशा तर्फ उनमुख गर्ने भएकोले यसलाई निरंतरता दिनु अति आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपालका जफीर अख्तर सहित करिव सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका