Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महायज्ञको गृहमन्त्री निधिले उद्घाटन गर्ने – Gaule Khabar

महायज्ञको गृहमन्त्री निधिले उद्घाटन गर्ने

महायज्ञको गृहमन्त्री निधिले उद्घाटन गर्ने

चितवन, मंसिर १७–

पूर्वी चितवनको जयमगंलामा हुन लागेको बृहत श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटनका लागी उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आउनु हुने भएको छ ।

रत्ननगर–१३ जयमंगलास्थित श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुगुलमको संयुक्त आयोजनामा यहि मंसिर २१ गते देखि २९ गतेसम्म बृहत श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ हुँदैछ ।

धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटनका लागी प्रमुख अतिथीका रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आउने मुल समारोह समितीका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजकले महायज्ञको तयारीलाई तिब्र पारेको छ ।
पुर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोलि र पर्सि राममन्दिरबाट सुरु भई पूर्वी चितवनका ४ ओटै नगरपालिकामा माईकिङ गर्ने आयोजकले जनाएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका तथा कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा माईकिङसँगै निमन्त्रणपत्र बितरण गरिने संयोजक दुवाडीले जानकारी दिनुभयो ।

वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण र संबद्र्धन तथा संस्कृत शिक्षाको केन्द्रको रुपमा यस मन्दिरको विकासका लागी महायज्ञ हुन लागेकाले धेरैले सहयोगको प्रतिबद्धता जनाएको मुल समारोह समितीका संयोजक दुवाडीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १० जोड २ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागी छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

८ दिनसम्म चल्ने महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीको मुखारविन्दबाट कथा बाचन हुनेछ । स्थानिय युवा, अनुदानबाट धेरै सहयोग जुटाउने योजना बनाईएकाले महायज्ञ सम्पन्न गर्न ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने र १ करोड भन्दा बढि आर्थिक संकलन हुने आयोजकको अनुमान रहेको मुल समारोह समितीका उप–संयोजक तथा श्रीराम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रामप्रसाद भट्टराईले बताउनुभयो ।

उप–संयोजक भट्टराईका अनुसार महायज्ञको व्यवस्थापकिय पक्षलाई चुस्त दुरुस्त पार्न आयोजकले १ हजार १ सय १ सदस्यीय मुल समारोह समिती र १३ ओटा उप समिती गठन गरि कार्यबिभाजन समेत गरेको छ ।

यस्तै प्रचार प्रसारका लागी यहि मंसिर २० गते रत्ननगर–खैरहनी–कालिका नगरपालिकाका बिभिन्न क्षेत्रमा १ सय भन्दा बढि मोटरसाईकल ¥याली निकाल्ने आयोजकको तयारी छ ।

यस्तै २१ गते मन्दिर परिसरबाट पन्चनदीसम्म कलस यात्रा निकालिने जनाईएको छ ।  वि.सं. २०४९ सालमा श्रीराम मन्दिर र २०६४ सालमा श्रीराम वैदिक संस्कृत गुरुकुलमको स्थापना भएको हो । गुरुुकुलममा हाल ५० जना बिद्यार्थी, ६ जना शिक्षक तथा २ कर्मचारी आवासिय सुबिधा सहित रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका