Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिल्ला अदालतअगाडि प्रदर्शन गर्ने आधा दर्जन महिला पक्राउ – Gaule Khabar

जिल्ला अदालतअगाडि प्रदर्शन गर्ने आधा दर्जन महिला पक्राउ

जिल्ला अदालतअगाडि प्रदर्शन गर्ने आधा दर्जन महिला पक्राउ

बीरगन्ज,मंसिर १७-

पर्सा जिल्ला अदालतअगाडि प्रदर्शन गर्ने आधा दर्जन महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरेको अपहरण मुद्दामा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालीले बुधबार गरेको फैसलाको बिरोध गर्दै अदालतअगाडि प्रर्दशन गरेका महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अभियुक्तका गाउँबाट आएका आफन्त तथा महिलाहरुले एक घन्टासम्म न्यायाधीशकोे बिरोधमा चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरीसहित चार जनालाई पर्सा जिल्ला अदालतले आइतबार दोषी ठहर गर्दै ९ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना गरेको छ। पर्सा जिल्ला अदालतको ८ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालीको एकल इजलाशले गत चैत १३ गते पक्राउ परेका सर्लाही ५ निवासी प्रहरी हवलदार अरविन्द सिंह, सर्लाही आर्नाहा वार्ड नम्बर १ निवासी विनय सिंह, पर्साको चोर्नि २ निवासी दिपक सिंह राजपुतलाई दोषी ठहर्याइएको हो।

वीरगन्ज उपमहानगरपालिका वाड नम्बर १९ निवासी राजेश कुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौति लिएको अभियोमा पर्सा प्रहरीले एक जना प्रहरी जवान सहित तीन जनालाई पक्राउ गरी अपहरण मुदा चलाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका