Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘चैत्रमा निर्वाचन गर्न सक्ने स्थिति पातलो हुँदैछ’ – Gaule Khabar

‘चैत्रमा निर्वाचन गर्न सक्ने स्थिति पातलो हुँदैछ’

‘चैत्रमा निर्वाचन गर्न सक्ने स्थिति पातलो हुँदैछ’

काठमाडौं, मंसिर १६–

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सबै निकायको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको गुनासो पोखेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले चैत्रमा हुने भनिएको स्थानीय तहको निर्वाचन हुने स्थिति पातलो बन्दै गएको बताएका हुन् । उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन÷कानून र स्रोत साधन चाहिन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा यादवले कानुन नै नभएको अवस्थामा आफूहरुले यति नै समयमै निर्वाचन हुन्छ भनेर भन्न सक्ने आधार नभएको स्पष्ट पारे ।
राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।’
उनले आयोग स्थानीय तह वा निकाय जुनसुकै निर्वाचन गराउन तयार रहेको बताउँदै भने,‘यदि स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसको लागि आवश्यक पर्ने स्थानीय निकाय कार्यविधि ऐन २०४८ परिमार्जन गर्नुपर्छ, हामीले परिमार्जनको लागि एक वर्षअघि नै सरकारलाई पठाईसकेका छौं, त्यो ऐन अहिलेसम्म संसदमा छलफल भएर संशोधन भएर आएको छैन् ।’
उनले पूरानो संरचना अनुसार नै स्थानीय निकायको चुनाव गराउने हो भने भूगोलको समस्या भने नहुने बताए । यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।
उनले स्थानीय तहका जनतालाई सार्वभौम बनाई रोकिएको विकासलाई गति दिनको लागि पनि निर्वाचन अनिवार्य भएको उल्लेख गर्दै थपे,‘अब रातारात काम गरेर भएपनि आयोगलाई कानून दिनुपर्छ ।’ यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
त्यस्तै उनले प्रदेश सभाको निर्वाचन गर्नको लागि प्रदेशको सिमांकन आवश्यक पर्ने बताए । उनले प्रतिनिधि सभाको निर्वाचनका लागि भने १६५ निर्वाचन क्षेत्र पहिले नै निर्धारण गर्नुपर्ने स्पष्ट पारे ।
उनले निर्वाचन सम्पन्न गर्नको लागि आयोगसामू केही जटिलताहरु भएपनि आयोग दिनरात खटेर भएपनि निर्वाचन सम्पन्न गर्न लागि परिरहेको विश्वास व्यक्त गरे । आयोगले निष्पक्ष र स्वच्छ निर्वाचन गराउने उनको दाबी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका