Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सानिमा बैंकले ल्यायो चिपमा आधारित कार्ड – Gaule Khabar

सानिमा बैंकले ल्यायो चिपमा आधारित कार्ड

सानिमा बैंकले ल्यायो चिपमा आधारित कार्ड

काठमाडौं, मंसिर १६–

सानिमा बैंकले आफ्ना ग्राहकका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट/ट्राभल कार्ड संचालनमा ल्याएको छ ।

आज (बिहीबार)देखि संचालनमा आएको चिपकार्ड एटीएम तथा पीओएस मेसिन कारोबार गर्न सुरक्षित हुने बैंकले जनाएको छ । नयाँ प्रविधिमा आधारित चिप कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने छन् ।

चिपबेस कार्डबाट कारोबार गर्दा प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनः प्रयोग गर्न नसकिने भएकाले कारोबार बढी सुरक्षित हुने बैंकले जनाएको छ । बैंकले छिट्टै नै डलर क्रेडिट कार्ड पनि जारी गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका