कहिले हट्छ सवारी लाइसेन्सको फाराम भर्न सास्ती
काठमाडौं, मंसिर २६– भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे। ‘यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रातिदेखि नै लाइन हुन्छ, बिहान गएर लाइन बस्दा पालो आउनुअघि नै छुट्याइसकेको फाराम सकिन्छ,’ उनले भने। सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को फाराम भर्न चाहने धेरै सेवाग्राहीले अझै यस्तो सास्ती पाइरहेका छन्। […]