चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनको घोषणा

चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनको घोषणा

चितवन, मंसिर २५–

प्रसुती गराउने क्रममा चिकित्सकको लापरबाहिका कारण भरतपुर कृष्णपुरकी सुनिता गुरुङको चितवन मेडिकलमा मृत्यु भएको बिरोधमा चितवनका विभिन्न संघं संस्थाहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

मृत्यु भएको ५ दिन बितिसक्दा पनि अस्पताल प्रशासनले मृत्यु हुनाको कारण र उपचारमा संलग्न चिकित्सक टोली सार्वजनिक गर्न नसकेको भन्दै आफन्त तथा विभिन्न संघ संस्थाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आज भरतपुरमा पत्रकार सम्मेलन गरि उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । कान्तिनगर टोल बिकास संस्था र नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिसद चितवनले विज्ञप्ती जारी गरि घटनाको सत्य तथ्य छानबिन गरी उचित र न्यायपूर्ण क्षतिपुर्ती दिन माग गरेका छन् । पीडितलाई तत्कालै क्षतिपुर्ती नदिए आफुहरुले आन्दोलन चर्काउदै जाने कान्तिनगर टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष केशव कार्कीले बताउनु भयो । पीडित पक्षले शव नउठाई अस्पतालमा धर्नाका कार्यक्रम जारी राखेका छन् ।

धर्नाका क्रममा तिन जनालाई चितवन प्रशासनले नियन्त्रणमा लिएर थुनामा राखेको छ । थुनामा राखेका ब्याक्तिहरुलाई पनि रिहाइ गर्नु पर्ने उनिहरको माग छ । आमा र बच्चा दुवैको मृत्यु भएपछी अस्पतालले पिडित पक्षको नाममा ५० लाखको ट्स्ट निमार्ण गर्नु पर्ने पिडित परिवारको माग रहेको छ ।
उता घटना भएपछि अस्पतालले विज्ञप्ती निकालेर मृतक महिलामा देखिएको रोगको बारेमा स्पष्ट पारि सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ