जाजरकोटबासीइ टेलिफोन सेवाबाट वञ्चित
जाजरकोट, पुस १– जिल्लाका पूर्वी क्षेत्रका स्थानीयवासी तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । रुकुमको घेत्मामा रहेको टावरमा खराबी आएपछि यहाँका बासिन्दा सञ्चारसेवाबाट वञ्चित भएका हुन् । जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, आठविसकोट, आठविसडाडागाउँ, खदी, गोतामकोटलगायत गाविसका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवासँगै यस क्षेत्रमा रहेका आइएमई सेन्टरको सेवा समेत प्रभावित […]