पर्खि खालिङलाई अन्तराष्ट्रिय रेफ्रीको उपाधी

पर्खि खालिङलाई अन्तराष्ट्रिय रेफ्रीको उपाधी

न्युयोर्क— पान अमेरिकन कराते महासंघले नेपाली कराते प्रशिक्षक पर्खि खालिङलाई अन्तराष्ट्रिय रेफ्रिको उपाधी प्रदान गरेको छ । खालिङलाई मेक्सिको मोन्तरेमा आयोजित ३८ औं सिनियर पान अमेरिकन कराते च्याम्पियनसीपमा अन्तराष्ट्रिय रेफ्रीको यो उपाधी दिएको हो ।

अमेरिकामा राष्ट्रिय स्तरको रेफ्री हुदै अन्तराष्ट्रियस्तरको रेफ्रीको उपाधी पाउदा मनमा खुसीसंगै थप जिम्मेवारीबोध भएको खालिङले बताए । यो उपाधी पाउने खालिङ अमेरिकाबाट दोश्रो नेपाली कराते प्रशिक्षक हुन ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी २ का खालिङ न्युयोर्कमा सन २००८ देखि कराते खेल्दै आउने क्रममा सन २०११ देखि कराते प्रशिक्षक एवं युएसए कराते महासंघको अफिसियल बनेका थिए । त्यस्तैगरि सन २०१५ देखि राष्ट्रिय रेफ्रीको लाइसेन्स प्राप्त गरेका उनले सन २०१७ देखि न्युयोर्कको ज्याक्सनहाइटमा इन्टरनेशनल मार्सल आर्टस डोजो सञ्चालन गदै आइरहेका छन । जुन डोजो नेपालीहरुद्धार सञ्चालित पहिलो डोजो हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका