सोलुुखुम्बुका १८ हजार बढी बालबालिकालाई टाइफाइट विरुद्धको खोप प्रदान

सोलुुखुम्बुका १८ हजार बढी बालबालिकालाई टाइफाइट विरुद्धको खोप प्रदान

काठमाण्डौ । सोलुखुम्बु जिल्लामा १८ हजार बढी बालबबालिकाहरुलाई टाइफाइट बिरुद्धको खोप लगाइएको छ । चैत्र २१ गतेबाट सुरु भएको खोप अभियान अन्र्तगत हालसम्म जिल्लाका १८ हजार बढीलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयले बताए ।

थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका, माहाकुलुङ गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँपालिका र लिखु पिके गाउँपालिकामा खोप अभियान सम्पन्न भएको कार्यालयले जनाएको छ भने सोलु दुधकुण्ड नगरपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

कुल ३ हजार ९ सय ८३ जनालाई बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउनका लागी ४ सय १५ खोप केन्द्र निर्धारण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका