निर्देशक दुर्लभ जन्तरेको गोक्यो रि ले गिनिज बुकमा नाम लेख्यो

निर्देशक दुर्लभ जन्तरे ( बुद्धि राज राई ) को निर्देशन रहेको गोक्यो रि गितको म्युजिक भिडियोले विस्वकै प्रतिष्ठित वर्ल्ड रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल भएको छ।

निर्देशक दुर्लभ जन्तरेको गोक्यो रि ले गिनिज बुकमा नाम लेख्यो

निर्देशक दुर्लभ जन्तरे ( बुद्धि राज राई ) को निर्देशन रहेको गोक्यो रि गितको म्युजिक भिडियोले विस्वकै प्रतिष्ठित वर्ल्ड रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल भएको छ। गत साल छायांकन गरि वर्ल्ड रेकर्डको प्रक्रियामा रहेको गीतले विश्व किर्तिमान कायम गरि गिनिजले प्रमाणपत्र पत्र समेत उपलब्ध गराई सकेको छ। गिनिजले प्रमाणपत्र उपलब्ध गराए संगै हिमाल एफ एम को आयोजनामा विश्व कीर्तिमान गर्ने टिमलाई सम्मान समेत गरेको छ।

हिमाल एफ एम ९०.२ मेगाहर्जले एक औपचारिक कार्यक्रमको आयोजना गरि पहिलो पटक कीर्तिमानी टिमलाई  “हिमाल साहसिक कला सम्मान २०७८” द्वारा सम्मान गरेका हुन। राईको ब्राण्डले  प्रायोजन गरेको उक्त सम्मान कार्यक्रममा प्रमुख अथिती नेपालका प्रथम सम्माननिय उपराष्ट्रपति श्री परमानन्द झा, विशिष्ट अथिती रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला र हिमाल एफ एम का अध्यक्ष निमा शेर्पाको सभापतित्व रहेको थियो। प्रमुख अथिती, विशिष्ट अथिती र सभापतिले एक साथ १७ जना  कीर्तिमाननी टिमलाई सम्मान गरेको थियो।

गत साल सोलुखुम्बु जिल्लाको हिमाली भेग गोक्योमा पहिलो पटक नेपाली कलाकार टोलिले ४८१३ मिटरको उचाईमा ” गोक्यो रि” नामक गीत लाईभ बाजा सहित अडियो रेकर्ड  तथा भिडियो छायांकन गरेर गिनिज बुकमा नाम लेखाएका थिए। उक्त सम्मान कार्यक्रमका बिच गिनिज बुक अफ वर्ल्ड रेकर्ड को प्रमाणपत्र समेत बिशिस्ट अथिती ऋषि धमलाद्वारा हस्तान्तरण गरिएको थियो। सन्च बहादुर राई, पुष्कर नेपाल, राजन खरेल, लक्ष्मण कार्की र पावल राईलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डरको र बाकी अन्य सबैलाई पार्टिसिपेन्ट प्रमाणपत्र प्रदान गरेको थियो।

। गोक्यो रि गीत गितकार मिलन किरातीको रचना, बहुप्रतिभाशाली कलाकार, गायक, तथा संगीतकार बिक्रम राईको संगीत, चर्चित संगीत संयोजक फनिन्द्र राईको संगीत संयोजन, चर्चित गायिका बबिना किरातीको स्वर तथा वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले रेकर्डिङ गर्नु भएको थियो। लाईभ बाद्यबादकको लागि गिटार राजिब बैजु, अक्टाप्याड बिक्रम गुरुङ, मादल संगीतकार बिक्रम राई र बासुरी पावल राईले बजाएका थिए।

त्यस्तै गोक्यो रि गितको म्युजिक भिडियोको निर्देशन अहिलेका ब्यस्त कलाकार तथा निर्देशक दुर्लभ जन्तरेले गरेका हुन। जन्तरेको निर्देशनमा मोडेल तथा गायिका बबिना किराती, मोडल अनिश सिंजाली मगर र बाल कलाकार १० वर्षीय रायल राई रहेका छन भने छायांकन तथा सम्पादन इसाक जबेगु र सहयोगी छायाकारमा दुर्गा प्रशाद राई रहेका छन। उक्त गोक्यो रि गितका निर्माता सन्च बहादुर राई,  पुष्कर नेपाल, राजन खरेल, लक्ष्मण कार्की र पावल राई रहेका छन। यो टिम गत वर्ष निर्माता सन्च बहादुर राईको नेतृत्वमा कार्तिक १७ गते त्यस तर्फ प्रस्थान गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका